राजनीति

टिकट बितरणमा असन्तुष्टी गर्दै सञ्चारमन्त्री कार्कीको क्षेत्र सुनसरी-४ मा काँग्रेसका दर्जनौं कृयाशीलद्वारा राजीनामा

१३ वैशाख, चक्रघट्टी । नेपाली काँग्रेस बराहक्षेत्रमा टिकट बितरणमा असन्तुष्टी ब्यक्त गर्दै बराहक्षेत्र नगरपालीकाका बिभिन्न वडामा स्वतन्त्र रुपमा उम्मेद्वारी परेका छन् ।
वडा नम्बर ८, ६, ९, १०, ११ मा बागी उम्मेद्वारहरुले नोमिनेशन दर्ता गराएका छन् ।
बराहक्षेत्र ६ बाट दुर्गा खरेल, ८ मा खेम थापा, १० बाट नवराज बस्नेत, ११ मा आजाद अन्सारीले उम्मेद्वारी दर्ता गरेका छन् ।
मेयर काँग्रेसको भागमा र उपमेयर माओबादी केन्द्रका भागमा परेको बराहक्षेत्रको वडा नम्बर ८ मा वडाध्यक्ष खेम थापासहित २२ जना स्थान्ीय कृयाशील सदस्यले सामूहीक राजीनामा दिएका छन् ।
वडा नम्बर ८ मा राजीनामा दिँदै काँग्रेसले गर्ने कुनैपनि गतिबिधिमा आफुहरु संलग्न नहुने बताएका छन् ।
बराह क्षेत्रको ६, ७, ८, ९, १०, ११ नम्बर डा नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य तथा अहिलेका शक्तीसाली सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्बाचन क्षेत्र हो ।
लिखित रुपमा नै वडासभापति सहित दर्जनौंले राजीनामा दिनु काँग्रेसलाई बराहक्षेत्रमा ठुलो घाटा हुने स्थान्ीय काँग्रेसजनको भनाई छ ।
सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति अयुव अन्सारी, नगर सभापतिसंग असन्तुष्ट हुँदै राजीनामा दिएको बताईएको छ । यसभन्दा अगाडी पनि कोशीका प्रमुख रहेका अयुव अन्सारी आफैं कोशी गाउँपालीका प्रमुखका उम्मेद्वार छन् ।