मनोरञ्जन

प्रमोद खरेल र अन्जु पन्तको स्वरमा ’तिम्रो यादले’ सार्वजनिक

१४ वैशाख, काठमाडौं । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय रहेको छ ।गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडि बीचको प्रेमलाई रमणिय स्थानमा छायाँकन गरिएको छ।सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन,विकाश दाहालले सम्पादन,जस बहादुर याक्खाले निर्देशन गरेका छन । गीतको भिडियोलाई हिट म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।