१६ वैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका प्रमखु अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान गरेका छन ।
प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाका सदस्य उपस्थित हुन अनुरोध गरिएको छ ।