समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जना पक्राउ

१८ जेठ, काठमाडौँ।  राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ।  उनलाई बालुवाटार प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो।  

थापासहित पाँच जना पक्राउ गरेका हुन्। प्रहरीले राखेको ब्यारियर तोडेर आन्दोलन उग्र बनेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ परेका अध्यक्ष थापासहितलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ। 

राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यसहितको माग राखेर राजावादीहरूले जेठ १५ गतेबाट आन्दोलन सुरु गरेका छन्।  उनीहरूले हिजो पनि बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए।  सरकारले बालुवाटार लगायतका स्थानहरूमा निषेधित क्षेत्र घोषणा गरेको थियो।