समाचार

नेकपा एमालेमा गएका इन्द्र पोख्रेललाई टिका लगाएर बरिष्ठ नेता डा कोईरालाले फर्काए काँग्रेस

१८ बैसाख, इनरुवा । नेपाली काँग्रेसबाट असन्तुष्ट बनी २०७४ सालको निर्बाचनताका नेपाली काँग्रेसको महाधिवेश प्रतिनिधि रह्दारहँदै नेकपा एमाले प्रवेश गरेका इन्द्र पोख्रेल नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका सुनसरी सभापति एबम् इनरुवा नगरपालीकाका केयरका उम्मेद्वार केदार भण्डारीको उपस्थितिमा नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाको उपस्थितिमा काँग्रेस प्रवेश गराएका हुन् ।
उनले स्थानीय तह निर्वाचन २०७९ का लागि नगरप्रमुखका प्रत्यासी केदार भण्डारी नेतृत्वले इनरुवालाई बनाउन लागि पर्ने प्रतिबद्धताहरु सार्बजनिक गरेका छन् ।
तीन दशक काँग्रेसमा सकृय बनेका सुनसरीका प्रभावशाली नेता पोख्रेलले आफु इनरुवाको मेयरका प्रतयाशी केदार भण्डारीलाई मेयरमा बिजय गराउन प्रतिबद्ध रहने बताउँदै फाईदा घाटाको राजनीति भन्दा पनि असल लोकतन्त्रबादी भएर अगाडी बढ्ने प्रतिकृया दिए ।
डा कोईरालाले नेता पोख्रेललाई काँग्रेसमा टिका लगाएर स्वागत गरेका थिए ।