बाग्मती

अबको कार्यकालमा सिंहदरबारको अधिकार वास्तवकै वडामा ल्याउने काम गर्छुः काँग्रेस २९ नम्बर वडाध्यक्ष प्रत्याशी ढकाल

१९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसको कामनपा वडा नम्बर २९ स्थानीय तह निर्बाचनमा मत माग्न घरदैलो अभियानमा सकृय छ ।

नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य एबम् पुर्व महामन्त्री प्रकाशमान सिंहको निर्बाचन क्षेत्रमा पर्ने घट्टेकुलो, अनामनगर, डिल्ली बजारलगायतका क्षेत्र पर्ने वडा नम्बर २९ काँग्रेसको गढ हो ।

२०७४ सालको निर्बाचनमा वडाध्यक्षको रुपमा बिजयी भएका बिकासप्रेमी नेता कुश ढकाल पुनः उक्त वडाको वडाध्यक्षको लागि पार्टीको प्रतिनिधिको रुपमा अगाडी आएका छन् ।

बिपी कोईरालाको राष्ट्रियता, लोकतन्त्र र समाजबादको नाराबाट प्रेरित भएर काँग्रेसको राजनीतिमा सकृय रहेका ढकालले नेपाल बिद्यार्थी संघ अमृत साईन्स क्याम्पसबाट राजनीतिको शुरुवात गरेका थिए ।

राजनीतिमा आउने, लाभको पद लिनेलाई शिक्षाको मापदण्ड तोक्नुपर्छ भन्ने बिचार राख्ने नेता ढकाल वडाध्यक्ष बन्न कम्तिमा स्नातक तह, मेयर बन्न स्नातकोत्तर अध्ययन गर्नुपर्ने विचार राख्छन् । उनले ठेक्कापट्टाको काम गर्न इन्जीनियर हुनुपर्ने तर्कपनि सुर्यखबरसँग राखेका छन् ।
उनले अब संसार तानाशाही तरिकाले नचल्ने बरु जनताको मन जितेर अगाडी बढ्नुपर्ने बेला आएको बताए । उनले आफ्नो कार्यकालमा वडाबासीले कम्तीमा हाम्रो पनि एण्टा जनप्रतिनिधि छ भन्ने गर्व गर्ने स्थान दिन आफु सफल भएको बताए ।
वडाध्यक्ष बनेपछि काम के गर्नुभो भन्ने प्रश्नको जवाफमा लामो समय निर्बाचन नहुँदा स्थानीय जनता स्थानीय तहको महत्व बिर्सिसकेको अवस्थामा स्थानीयस्तरमा आफुले जनभावना अनुसार काम गरेको बताए ।
उनले जनता अमेरिका, अष्ट्रेलीया गएर मजदुर काम गर्न हुने तर ययााँ नहुँने ? भन्ने प्रश्न गर्दैै काम सानो ठूलो नहुने र सबै कामको सम्मान गर्नुपर्ने बताए ।
उनले ब्यवहारिक शिक्षा जरुरी भएको भन्दै अमेरिका वा बिदेश जानेमात्र शिक्षाले जनतालाई घाटा नभएको बताए । उनले जनतालाई देशको माया हुनुपर्ने भन्दै भ्रष्टाचार हुने, बाटो, बिजुली, खानेपानीको समस्याका बारेमा जनतालाई चासो हुनुपर्ने बताए ।
पेपरलेस प्रणालीलगायत सबै डिजिटल प्रणालीमा मुलुक जानुपर्ने भन्दै सबै पारदर्शीताका लागि लाग्नुपर्ने बताए ।
आफु निर्बाचित भएपनि नभएपनि सिंहदरबारको अधिकार वडामा ल्याउन लागिपर्ने भन्दै अहिले भने सिंहदरबारको अधिकार वडालाई छ भन्नु हावादारीमात्र भएको बताए । वडाले पहिलाभन्दा धेरै जनतालाई राहत दिएको भन्दै ठूलो परिवर्तन भएको भन्ने भन्न नहुने बताए ।
नगरपालीका सुधार्न केही कुराहरु मिलाउनुपर्ने भन्दै धेरै गर्न बाँकी रहेका कार्यहरु पुरा गर्न पुनः वडाध्यक्षको उम्मेद्वार हुनुपर्ने बाधयता भएको बताए ।
उनले केन्द्रीय राजनीतिको बारेमा गठबन्धनबारे के भन्नुहुन्छ भन्दा काँग्रेसका नेता गिरिजा प्रसाद कोईरालाले भनेको सहमती, सहकार्यलाई अगाडी बढाउँदै हिँड्ने त्यसबेलाको मिलेर अगाडी बढ्नुपर्ने रणनीतिअनुसार हिड्ने परम्परा नै गठबन्धन भएको र त्यो राम्रो भएको बताए ।
काठमाडौं महानगरपालीकाको मेयरको टिकट काँग्रेसनेता प्रकाशमान सिंह पत्नि श्रजना सिंहले दिएकाबेला काँग्रेसलाई न्याय दिन मेयरमा नेतृ सिंह विजयी हुनुपर्ने विचार राख्दै काठमाडौं महानगरका ३२ वटै वडा र महानगरका जनताले सबैतिर काँग्रेसलाई बिजय गराउँदै लोकतन्त्र, देश र जनताप्रति न्याय गर्ने विचार ब्यक्त गरे ।
काठमाडौंको मुटु मानिने वडा नम्बर २९ मा स्थानीयले वडाध्यक्षको प्रशंसा गरेको सुनिन्छ नि भन्ने प्रशनमा आफुले स्थानीयको हितमा काम गरेकाले उहाँहरुले मेरो कार्यकालको सही मूल्याँकन गरेको हुनसक्ने भन्दै अबको कार्यकालमा थप उर्जासहितको काम गर्नेमा प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।
आउँदै गरेको प्रदेश सभा र प्रसितनिधि सभा निर्बाचनमा स्थान्ीयत तहको बैसाख ३० गते सम्पन्न हुने निर्बाचनले महत्वपूर्ण अर्थ राख्ने हुँदा वडा नम्बर २९ केन्द्रीय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने प्रकाशमान सिंह, काठमाडौं महानगर र काँग्रेस केन्द्रका लागि अझै महत्वपूर्ण छ ।