प्रदेश 2

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकाना

२० वैशाख, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गरेको छ ।

इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भाइचाराको महत्वपूर्ण पर्व इल उल फित्र हर्षोल्लासका साथ मनाउन आग्रह गरे । मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेको छ । इल उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।