अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

२२ बैशाख, वासिङटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसकेकाले उालाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

उनी अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहेको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगरेको र घरबाटै काम गर्नेगरी तयारी गरेको पनि जनाएको छ ।