२५ वैशाख, जेरुसेलम । इलाडको मध्य शहरमा तीन इजरायलीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आशङ्कामा दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरिएको छ।
“इलाड शहरमा भएको घातक हमलामा तीन इजरायली नागरिकको हत्या गर्ने दुई आतङ्ककारी पक्राउ परेका छन्,” प्रहरी, सेना र घरेलु सुरक्षा एजेन्सीले बिहीबारको आक्रमणपछि शुरु गरिएको व्यापक खोज अभियानपछि संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन्।





