बाग्मती

बिजयी भएमा २४ सै घण्टा जनताको सेवा हुन्छुः अशोक कार्की, १० नम्बर वडा प्रत्याशी

निशा राई/ २७ बैसाख, काठमाडौं । अग्ला, खाईलाग्दा, काठमाडौंको मुटु बानेश्वरमा कसैलाई कुनै अप्ठ्यारो पर्दा तुरन्त एम्बुलेन्स झैं सहयोगका लागि पुग्ने उही अशोक कार्की नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार बनेका छन् ।

२०२२ साल असार ११ गते जन्मिएका कार्की काठमाडौं वडा नम्बर १० बाट नेकपा एमालेबाट सर्बसम्मत् रुपमा वडाध्यक्षको उम्मेद्वार बनेका हुन् ।
नेकपा एमालेका चर्चित एबम् पूर्व मेयरसमेत रहेका केशव स्थापीतले एमालेकातर्फबाट काठमाडौ महानगरको मेयरको लागि उम्मेद्वारी दिएका बेला ३२ मध्ये १० नम्बर वडाको उम्मेद्वारी पाएका नेता कार्की बिजयी भएमा वडाका जनताका लागि जीउज्यान दिएर थप लागि पर्ने बताउछन् ।
विकासका लागि, स्थानीय जनताका लागि अहोरात्र खटिने नेता कार्की नेकपा एमालेका जिल्ला कमिटी सदस्य र वडा नम्बर १० का इन्चार्ज हुन् ।
उनले स्थानीय जनताले साथ दिएमा आफु भारी मतले बिजयी हुने दाबी गरेका छन् ।
गफभन्दा बढी काम महत्वपूर्ण हुने बताउने सकारात्मक सोचका धनी वडाध्यक्षका प्रत्याशी कार्की बैसाख ३० गतेको स्थानीय निर्बाचनमा बिजयी हुन्छन् वा हुन्नन् त्यो भने हेर्न बाँकी नै छ ।