अन्तर्राष्ट्रिय

हवानाको होटलमा भएको विस्फोटमा परी थप १२ जनाको मृत्यु

२८ बैशाख, हवाना । क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । त्यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् ।
सो विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ ।

त्यहाँको जन स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँका अरु ९६ जना अझै पनि घाइते भएका छन् । केही दिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो । सो विस्फोट पछि त्यहाँ आगलागी पनि भएको थियो ।

आगलागीबाट होटलमा क्षति पुगेको छ भने त्यहाँका कर्मचारीहरुको मृत्यु भएको छ । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन् । ती मध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।