अन्तर्राष्ट्रिय

सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु


२८ बैशाख, मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य कैयौं घाइते भएका छन् ।
मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको बताएकी छिन् । साथै उनले घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूलाई प्रति समवेदना पठाएकी छिन् ।
आइतबार राष्ट्रपतिको निर्वाचन हुने स्थान नजिकै रहेको घटनास्थलबाट वारसामेले सिन्ह्वालाई फोनमा सो जानकारी गराएका हुन् ।
अल-शबाब आतङ्ककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ।