पर्यटन/संस्कृति

हिमालय एअरलाइन्स् द्वारा प्रयास नेपाललाई वर्षभरीको शैक्षिक सामग्री प्रदान

२८ वैशाख, काठमाण्डौ । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी – हिमालय एअरलाइन्स् ले लगातार छैटौं वर्ष प्रयास नेपालका बाल-बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ। नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो । सन् २०१७ देखि हिमालय एअरलाइन्स् को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैर-सरकारी, गैर-नाफामूलक र सामाजिक संस्था हो। विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजारनास्ता, खाद्यान्नहरूका साथै कोभिड-१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एअरलाइन्स् ले निरन्तर सहयोग गर्दै आएको छ।

सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू मार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बाल-बालिकाको रेखदेख गरिरहेको छ। यी बाल-बालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ । आजसम्म यी बाल-बालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत भएका छन। जसमध्ये कतिपय त थप अध्ययनका लागि विदेश समेत गएका छन् ।

बाल-बालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान-प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एअरलाइन्स् का जहाजका अनुभवी चालकदलले बाल-बालिकासँग अन्तरक्रिया गरेका थिए । उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरु बारे जानकारी गराउने थियो । कार्यक्रममा बाल-बालिकाहरुले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए।

शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामाग्रीहरु समेटिएका थिए । एअरलाइन्स् को तर्फबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भने- “हाम्रा प्रमुख संस्थागत सामाजिक उत्तरदायित्वमध्ये समाज सेवा पनि एक हो । प्रयास नेपालसँगको हाम्रो छ वर्ष लामो सहकार्यले हाम्रो उत्तरदायित्व पुष्टि गरेको छ । यो विशेष सहकार्य हरेक वर्ष अझ बलियो बन्दै गएको छ। प्रयास नेपालको १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी प्रयास नेपालका सम्पूर्ण टोली र बाल-बालिकाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। विशेषत, हामी अत्यन्तै खुशी छौं किनभने हामीले यस वर्ष युवा पुस्तालाई प्रेरित गर्ने र उनीहरूको भविष्य निर्माणका निम्ति असीमित सम्भावनाहरू खोज्न मद्दत गर्ने उद्देश्यका साथ हाम्रा नियमित सहयोग वाहेक आफ्ना ज्ञान र सीपहरु आदान प्रदान गर्ने शैक्षिक कार्यक्रमको आयोजना गर्ने प्रयास गर्न पायौं ।”

सहयोग सामाग्रीहरुको हस्तान्तरण काठमाडौँमा एक विशेष कार्यक्रमका बीच वैशाख २७ गते सम्पन्न भएको छ ।

सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष मणी जोशीले आवश्यक शैक्षिक सामाग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू निकै जानकारीमूलक भएको र तीनले बाल-बालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको बताए ।  “विगत केही वर्षदेखि हाम्रा साथमा रहनुभएकोमा हिमालय परिवारलाई विशेष धन्यवाद दिदै आगामी वर्षहरूमा हिमालय एअरलाइन्स् लाई ठूलो सफलताको कामना गर्दछौं ” उनले भने ।

नेपाली नागरिकहरुसँग अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथ नेपाल-चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्स् को स्थापना सन् २०१४ मा भएको थियो।

हिमालय जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (TADIC) र नेपालको काठमाडौँ स्थित यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त सहकार्यमा सञ्चालित छ ।

आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाइन्स् ले आफ्नो जहाजको संख्यामा ४ वटा विमानहरूस १८० इकोनोमी सीटसहितका तीन ३२०-२१४ एअरबसहरु र १२० इकोनोमी तथा ८ बिजनेस सीटसहितको एउटा एअरबस ३१९-११५, सञ्चालनमा ल्याएको छ । हिमालय एअरलाइन्स् ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरूस् युएई , मलेसिया, कतार, साउदी अरेबिया र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाट र चीनसम्म सञ्चालन गरिरहेको छ।

व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा “दक्षिण एशियामा अग्रणी नव अन्तर्राष्ट्रिय एअरलाइन्स् ” को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो ।

सन् २०२० को अगस्तमा हिमालय एअरलाइन्स् ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि नेपालमैं पहिलो पटक आइ. एस. ओ.९००१:२०१५ प्रमाणीकरण प्राप्त गर्यो । यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनको हरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाइन्स् को दृष्टिकोणअनुरूप जहाज मर्मत-सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्ध गराउने हिमालय एअरलाइन्स् को योग्यता पुष्टि गरेको छ।

सन् २०२१ को डिसेम्बरमा हिमालय एअरलाइन्स् सफलतापूर्वक अर्को आइ.एस.ओ. ९००१-२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो वायुसेवा बन्यो । आइ.एस.ओ. ९००१-२०१५ को मापदण्डअनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरेवापत एअरलाइन्स् ले प्रमाणपत्र प्राप्त गरेको हो। हिमालयलाई “उड्डयन सम्बन्धित प्रशिक्षण सेवाहरूसहित हवाई यात्रुहरू र मालवाहक परिवहनहरूकाू” लागि आइ. एस. ओ.प्रमाणपत्र दिइएको हो। यस उपलब्धिले उच्च कार्यसम्पादन अभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाइन्स् को निरन्तर प्रतिबद्धत्ताको पुष्टि गर्दछ।

हिमालय एअरलाइन्स् ले सन् २०२२ को फेब्रुअरीबाट पहिलेको भन्दा सुरक्षित उडान सुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र -स्वचालित बाह्य डिफिब्रिलेटर जडान गर्‍यो । यससँगै हिमालय एअरलाइन्स् उक्त यन्त्र जडान गर्ने पहिलो र एक मात्र नेपाली एअरलाइन्स् बनेको छ । सुरक्षा, समयमै कार्यसम्पादन र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित हिमालय एअरलाइन्स् ले आफूलाई भरपर्दो एअरलाइनको रूपमा स्थापित गरेको छ र दक्षिण एशियामा अग्रणी एअरलाइन्स् को रूपमा उभिने उत्कृष्ट अभिलाषा राखेको छ ।