राजनीति

चुनाव बहिस्कार गर्ने हाम्रो कुनै कार्यक्रम छैनः धर्मेन्द्र बास्तोला

२९ बैसाख, काठमाडौं । दुई सहयोगीहरु राजेन्द्र साउद र अचल मोक्तानसहित दाङ प्रहरीको नियन्त्रणमा रहेका नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलाले आफुहरुको निर्बाचन बिथोल्ने कुनैपनि रणनीति नभएको बताएका छन् ।
आज ४ बजे सोधपुछका लागि प्रहरीको निगरानीमा रहेका बास्तोलाको नेकपा बहुमत पार्टीले निर्बाचन बहिस्कार गर्ने रणनीति लिएकोले प्रहरीले सम्भाबित घटना नघटोस् भनि उनलाई सोधपुछका लागि लिईएको प्रहरी दाबी छ ।
नेकपा माओबादी बिप्लवसँग असन्तुष्ट हुँदै अर्को पार्टीको संगठन बिस्तार गर्दै हिँडेका बास्तोलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेस काफ्लेले पुष्टी गरेका छन् ।
बास्तोला एक कार्यक्रममा भाग लिन नेपालगञ्ज गएको बताईएको अवस्थामा उनलाई प्रहरीले सोधपुछका लागि लिएको हो ।