अन्तर्राष्ट्रिय

मे दिवसमा भएको विरोघ प्रदर्शनमा गोली लागेर एक पत्रकारको मृत्यु


३० बैशाख, सान्टियागो (एएफपी) । चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् । गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको छ । “फ्रान्सिस्काले हामीलाई छोडेनन् । उनीहरूले उसलाई मारे,“ सेनल ३ डे ला भिक्टोरिया साइटले लेखे, सो साइडले मृत्युको लागि कसलाई दोष लगाइएको थियो भनेर विस्तृत रुपमा उल्लेख भने गरिएको छैन् ।

“हामी तपाईंलाई सम्झनेछौं र हामी सत्य बताउन सक्दो प्रयास गर्नेछौं,“ भिक्टोरिया साइटले थपेको छ । मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित युनियनको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा स्यान्डोवलको टाउकोमा गोली लागेको थियो । गोली लागेर अन्य दुईजना घाइते भएका थिए ।

उनको उपचार गरिएको अस्पतालको सघन हेरचाहका प्रमुख डेनियल रोड्रिगेजले स्यान्डोभलको गोली प्रहारबाट भएको मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको एक विज्ञप्तिमाार्फत बताएका छन् । गत हप्ता, गोली प्रहार गर्ने तीन जना अभियुक्त पक्राउ परेका थिए र स्यान्डोभललाई गोली हानेको शंकास्पद व्यक्तिलाई हत्या र अवैध हतियार राखेको अभियोगमा पूर्व परीक्षण हिरासतमा राखिएको थियो ।

वामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले बिहीबार दिउँसो एक ट्वीटमा स्यान्डोभलको परिवारप्रति संवेदना व्यक्त गर्दै अपराधको लागि “दण्डबाट मुक्त हुन नदिने“ वाचा गरेका छन् । स्यान्डोभलको मृत्युको खबर आएलगत्तै राजधानीमा मैनबत्ती र पत्रकारको तस्बिर राखेर बिभिन्न कार्यक्रमहरु भएका छन् ।