समाचार

स्वतन्त्र उम्मेद्वार बालेन शाह काठमाडौंको मेयरका झण्डै २३ हजार मतान्तरले बिजयी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालीकाका ५६ जना मेयरसहितका उम्मेद्वारको मतगणनाको मतगणना सम्पन्न भएको छ । मत गणनाको अन्तिम परिणाममा स्वतन्त्र उम्मेद्वार बालेन शाहले ६१ हजार ७६७ मतसहित काठमाडौं महानगरको मेयरमा निर्बाचित भएका छन् ।
काँग्रेसकी उम्मेद्वार श्रृजना सिंहले दोस्रो स्थान हाँशिल गर्दै ३८ हजार ३४१ मत ल्याएको अवस्थामा एमालेका केशव स्थापीतको मत भने ३८ हजार ११७ मत ल्याएकी छन् छ ।
काँग्रेसबाट श्रृजना सिंह, नेकपा एमालेबाट केशव स्थापीत, विवेकशील साझाबाट समक्षा बाँस्कोटा, स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहलगायतका ५६ जना मेयरका प्रत्याशी थिए ।
काँग्रेसकी सिंह, एमालेका स्थापीतको दोस्रो र तेस्रो हुनेमा कडा प्रतिस्पर्धा भएपनि मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले विजय हात पार्न सफल भएका छन् ।
पेशाले इन्जीनियर रहेका शाहको जित काठमाडौंका जनताले काँग्रेस र एमालेको बिकल्पको रुपमा हेरेको बताईएको छ । शाहको जितमा झण्डै २३ हजारको मतान्तर देखिएको छ ।