राजनीति

एमालेले स्थानीय तहको निर्बाचनमाथी प्रश्न उठाउनु मतदातामाथीको अपमानः महामन्त्री थापा

१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन भएको प्रतिकृया दिएका छन् ।
आज नेकपा एमालेले निर्बाचनमा धाँधली भएको भन्दै सरकारलाई आरोप लगाएपछि महामन्त्री थापाले उक्त प्रतिकृया दिएका छन् ।
उनले मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउनु गलत भएको बताएका हुन् ।

महामन्त्री थापाको ट्वीटः मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।