गण्डकी प्रदेश

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन ।

अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरे ।

छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ ।