गण्डकी प्रदेश

माछापुच्छ्रेमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

३ जेठ, गण्डकी । स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउँपालिका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीसहित वडाध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत नवराज दङ्गालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन । गाउँपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गरेका थिए। नौ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा९माओवादी केन्द्र० ले वडा नं ७ र नेकपा (एमालेले) वडा नं. ६ मा विजयी भएको छ ।

गाउँपालिकाको वडा नं १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी (केन्द्र) का बैकुण्ठ भण्डारी, वडा नं ८ मा काँग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी भएका छन ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित आठ वडा नेकपा एमाले र एक वडा नेपाली कांग्रेसले जितेको थियो ।