लुम्बिनी

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्र विजयी


५ जेठ, रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका छन् । घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गरे । अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गरिन् ।

चौध वडा रहेको गाउँपालिकामा ११ मा माओवादी केन्द्र विजयी भएको छ भने एक/एक वडामा एमाले र कांग्रेसले जितेका छन् । एउटा वडामा एमाले र कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ । पुथा उत्तरगङ्गामा २०७४ को चुनावमा पनि माओवादी केन्द्रले १० वडामा तथा  एमाले र कांग्रेसले दुई दुई वडामा जित हासिल गरेका थिए ।