प्रदेश 1

ओलीको गृहनगर दमकको मेयरमा राप्रपा र उपमेयरमा काँग्रेस विजयी, कम्युनिष्टको गण भत्काएको दाबी

६ जेठ, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालीकाको मेयर र उपमेयर दुबैमा राप्रपाले विजयी हाँसिल गरेको छ ।
मेयरमा १७ हजार ५२५ मत ल्याएर ५५९ को अन्तान्रले रामकुमार थापाले बिजय हँँशिल गरेका छन् । उपमेयरमा काँग्रेसकी रेगिना प्रशाईँ बिजय भइन् ।
एमालेका तर्फबाट उम्मेद्वार बनेका पराजीत गीता कुमारी पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिएका छन् ।
एमालेका पराजीत उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत र विजयी काँग्रसकी रेगिना भट्टराईले १७ हजार ७२ मत पाईन् ।
राप्रपासँग बिलेर गठबन्धन गरेका स्थानीय नेताहरुले एमाले अधयक्ष केपी शर्मा ओलीको लामो समयदेखीको घमण्ड आफुहरुले चकनाचुर पारेको प्रतिकृया दिएका छन् ।