प्रदेश 1

मोरङको दुई र सुनसरीको एक पालिकाको अन्तिम नतिजा

६ जेठ, विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको दुई पालिका र सुनसरीको एक पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार बेलबारी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसका नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गरे । एघारवटा वडा रहेको बेलबारीमा वडाध्यक्ष छवटामा कांग्रेस, चारवटामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।त्यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाँई १३ हजार १३५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेका दमयन्तादेवी चुडाल नौ हजार ३७४ मत प्राप्त गरी विजयी भएका छन । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुमन कालिकोटेले आठ हजार ४७९ मत प्राप्त गरे । दशवटा वडा रहेको यस पालिकामा पाँचवटामा एमाले, चारवटामा कांग्रेस र एकमा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।