प्रदेश 1

बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा


७ जेठ, विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा कांग्रेसका  महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गरेकी छिन् । कांग्रेसले वडा नं १, ४, ६, ९, १० र ११, एमालेले २, ३ ५  र ७ मा  तथा ८ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका छन् ।