स्वास्थ्य

‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण

७ जेठ, काठमाण्डौ । अस्ट्रेलियामा रहेर लामो समयदेखि योग विज्ञानसम्बन्धी अनुसन्धान गर्दै आएका आचार्य राजन शर्माद्वारा लिखित ‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण भएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजद्वारा आज आयोजित कार्यक्रममा योग तथा प्राकृतिक चिकित्साका विज्ञहरुले पुस्तकको लोकार्पण गरे ।

पुस्तकमा रोगअनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार–विहार, कुण्डलनी जागरण, शरीरको प्रकृति स्वयम् पत्ता लगाउने विधि, आयुर्वेद र विरुद्ध आहारजस्ता विषय समेटिएको छ । लेखक शर्माले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक, गृहस्थी, रोगबाट ग्रसित बनेर उपचार खोजिरहेका र चिकित्सकका लागि पुस्तक उपयोगी हुने बताए ।