८ जेठ, चक्रघट्टी । सुनसरीको बराहक्षेत्र नगरपालीकाको मेयरसहित ८ वटा वडामा नेपाली काँग्रेसले बिजयी हाँशिल गरेको छ ।
वडा नम्बर १, २, ४, उपमेयरमा क्रमशः किशन थापा, होम गौतम, आसाराम चौधरी, नन्दकुमारी राईबाहेक नेपाली काँग्रेसले प्यानलै विजय हाँशिल गरेको छ ।
बराहक्षेत्र नगरपालीकाका नगर सभापति रमेश कार्कीले कम्युनिष्टको गणको रुपमा रहेको उक्त नगरमा लालकिल्ला तोड्न सफल भएका छन् ।
बराहक्षेत्र नगरको बिजयपछि काँग्रेसले वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ क्रमशः राजदीप लामा, रोहीत काफ्ले, उद्धब पोख्रेल, कपील आचार्य, रोशन खड्का, निरञ्जन चन्द्रबंशी, तेजु गुरुङ, कृष्ण कुमार महतोले बिजयी हाँशिल गरेका छन् ।
बराहक्षेत्र नगरपालीका पछिल्लो पुनःसंरचनाअनुसार महेन्द्रनगर गाबिस, भलौल गाबिस, प्रकाशपुर, मधुवन, बराहक्षेत्र मिलेर बनेको थियो । पुनः संरचनापछि वडा नम्बर ६ बाहेक मेयर, उपमेयर कुनै विजयी हाँसिल गर्न नसकेको काँग्रेस यस पटक भने ८ वटा वडा र मेयरमा जित हाँसिल गरेको छ ।
भारी मतको अन्तरले विजयी भएकोमा स्थानीय जनताको काँग्रेसप्रति भरोसा र ०७४ सालमा भारी मतका साथ विजयी भएका एमाले र निबर्तमान मेयर निलम खनालप्रतिको बितृष्णको रुपमा लिएका छन् ।
बराहक्षेत्रका ५ वटा वार्ड क्षेत्र नम्बर १ मा पर्छन् भने ५ वटा वार्ड सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहनदुर कार्कीको ४ नम्बर क्षेत्रमा पर्दछ ।
मन्त्री कार्कीको क्षेत्रमा कोही गाउँपालीका, हरिनगर, भोक्रा नरसिंह, इनरुवा सबै विजय भएको छ भने मन्त्री कार्कीको क्षेत्रमा पर्ने रामधुनी नगरपालीकाको वडा नम्बर ४ भने एमालेले जितेको छ ।