राजनीति

पुर्बाधारलगायतका करहरु हटाएर पेट्रोलीयम पदार्थको मूल्यबृद्धि फिर्ता लिन नेविसँघ अध्यक्ष शेर्पाको माग

९ जेठ, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ सेर्पाले पूर्बाधार कर हटाएर पेट्रोलीयम पदार्थको मूल्यबृद्धि रोक्न नेपाल आयल निगमसँग माग गरेका छन् ।
अध्यक्ष शेर्पाले पेट्रोलियम पदार्थको मूल्यबृद्धिले गरिबीको चपेटामा परेका जनताका लनगि दैनिक जीवन धान्न समस्या हुने भन्दै अन्तर्राष्ट्रिय रुपमै मूल्यबृद्धि भएपनि अन्य अनावश्यक करहरु हटाएर पनि मूल्यबृद्धि रोक्नुपर्ने बताए ।
उनले सुर्यखबरसँग कुरा गर्दै मूल्यबृद्धिले सर्बसाधारणको जीवन धान्न अत्यन्तै मूस्किल पर्ने भन्दै पेट्रोलीयम पदार्थजस्तो बिषयमा मूल्यबृद्धि गर्दा ज्यादै ध्यानपूर्वक सोच्नुपर्ने विचार ब्यक्त गरेका छन् । अन्य अनावस्यक करहरु हटाएर भएपनि मूलयबृद्धिका बिषयमा पुनःबिचार गर्न अध्यक्ष शेपाले भनेका छन् ।

नेपाल आयल निगमले हिजोमात्र पनि पेट्रोलीयम पदार्थको मूल्य बढाएपछि अध्यक्ष शेर्पा तात्तिएका हुन । उनले अर्थमनत्रालय, प्रधानमन्त्री कार्यालय र नेपाल आयल निगमतर्फ संकेत गर्दै उक्त ध्यानाकर्याण गराएका हन् ।