प्रदेश 1

अत्याधीक मतान्तरसहित काठमाडौं महानगर –१० मा अध्यक्षमा केसी सहित काँग्रेसको प्यानल विजयी

९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट २०७४ सालको स्थानीय तह निर्बाचनमा कामनपा १० बाट निर्बाचत भएको समूह नै २०७९ सालको निर्बाचनमा पनि पुनः बिजयी भएको छ।
उक्त वडाबाट अध्यक्षमा रामकुमार केसी, सदस्यमा नरोज अर्याल, सतिस तण्डुकार, रोहीणी श्रेष्ठ, सुनिता भित्रकोटी सबै बिजयी भएका छन् । नेपाली काँग्रेसको पुरै प्यानल कामनापा वडा नम्बर ११ मा पनि हिरालाल तण्डुकारको नेतृत्वमा सबै बिजयी भएको छ ।
यसभन्दान अगाडी भन्दा पनि अत्याधीक मतान्तरमा वडा नम्बर १० मा अध्यक्षसहित सबैमा काँग्रेसको प्यानल बिजय भएको छ । नेकपा एमालेका अशोक कार्की केसी भन्दा आधा भन्दा केहीमात्र कम मतले पछाडी परेर पराजीत भएका छन् । मतगणनाको अन्तिम परिणाम सार्बजनिक नभएको भएपनि केसीको पक्षमा ३४ सय २८ मत आउँदा कार्कीको १९ सय २९ मत छ । जम्मा ७०९० मतगणना गर्दाको यो अन्तिम परिणाम हो ।