राजनीति

विजयी जनप्रतिनिधिलाई उपसभापति गुरुङको निर्देशनः भ्रष्टाचार शुन्य पार्नुहोस्, मुलक समृद्धि तर्फ लम्कन्छ

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशभरका स्थानीय तहमा निर्बाचित हुने महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका, गाउँवालीका, वडाका मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यहरुलाई एकमुस्ठ रुपमा बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सुशासन स्थापित भए मात्रै मुलक समृद्धि तर्फ लम्कन्छ भनेका छन् ।
भ्रष्टाचार शुन्य पार्नुहोस्, सुशासन स्थापना गर्नुहोस् भन्दै साँकेतिक दिर्नेशनपनि दिएका छन् ।
उपसभापति गुरुङको स्टाटस्ः
हार्दिक बधाई !
भ्रष्टाचार शुन्य पार्नुहोस्, सुशासन स्थापना गर्नुहोस्। सुशासन स्थापित भए मात्रै मुलक समृद्धि तर्फ लम्कन्छ।
स्थानीय तहमा निर्वाचित हुनुभएका सबै नेता साथीहरूलाई हार्दिक बधाई !
जय नेपाल।