समाचार

मुक्तीनाथ दर्शनका लागि पोखराबाट जोमसोम उड्दा हराएको तारा एयरको बिमान टुक्रा टुक्रा अवस्थामा फेला

१६ जेठ, काठमाडौँ । पोखराबाट मुक्तीनाथ दर्शनका लागि जोमसोमका उडेर हराएको तारा एयरको बिमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता मुस्ताङको थसाङ गाउँपालीका २ मा पर्ने ल्याङ्खर खोलाकानने मुहान नजिकैको पहाडमा ठोक्किएर बिमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको र उक्त स्थानमा सेना जाने प्रयास गरिरहेको छ ।
बिमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार भएको पुष्टी भईसकेको छ ।
बिमान कुन कारणले दुर्घटना भयो, यात्रुहरुको अवस्था के छ यस बिषयमा आज गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले अध्ययन गरेर पत्ता लगाउने बताईएको छ ।