राजनीति

उपसभापति गुरुङको चेतावनीः होसियार! फण्डा चलाउनेमाथि इतिहासले कदापि माफी दिने छैन

१८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले फण्डा चलाउनेमाथि जनताले डण्डा चलाउन नसक्ला तर इतिहासले कदापि माफी दिने छैन भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै गणतन्त्रसँग समृद्धिलाई जोड्नु हामी सबैको मूल ध्येय हुनुपर्छ भनने विचानर दिएका छन् ।
नेता गुरुङले भनेका छन्, ‘हामी नेताहरु एकपछि अर्को राजनैतिक फण्डा चलाइरहने र राजनैतिक दाउपेज भन्दा माथि उठ्नै नसक्ने नालायक भइसक्यौं।’

उनको स्टाटस्ः गणतन्त्रसँग समृद्धिलाई जोड्नु हामी सबैको मूल ध्येय हुनुपर्छ।
तर हामी नेताहरु एकपछि अर्को राजनैतिक फण्डा चलाइरहने र राजनैतिक दाउपेज भन्दा माथि उठ्नै नसक्ने नालायक भइसक्यौं।
होसियार! फण्डा चलाउनेमाथि जनताले डण्डा चलाउन नसक्ला तर इतिहासले कदापि माफी दिने छैन।