राजनीति

माधव नेपाल र झलनाथ खनाललाई संकेत गर्दैै सुर्य थापा भन्छन्ः काङ्ग्रेसी लात खाएपछि अझै चेत फिर्नेछ

२२ जेठ, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एबम् युवा नेता सुर्य थापाले झै थाहा हुँदै जानेछ कि काङ्ग्रेसी लात कहाँकहाँ खाएपछि चेत फिर्नेछ, महाशयहरूको भन्दै ब्यंग्य गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार भईसकेका नेता थापाले एमाले फुटाएर गएका नेकपा एकीकृत समाजबादीका नेता झलनाथ खनाल, अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै धतुरो रोपेर अमृत फलाउने अपेक्षा गरिएको थियो भने त्यसको मूल्य वामपन्थी एकताको मुरली बजाएर चुक्ता हुन्छ र ? भन्ने प्रश्न गरेका छन् ।
उनले शरम त मान्नु पार्टी फुटाएर काङ्ग्रेसको कित्तामा सामेल हुँदा केके भनिएको थियो ? भन्ने अर्को कडा प्रश्न समेत गरेका छन् ।
नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै एक बर्षअघि आफ्नो पार्टी फुटाएर काङ्ग्रेसको सेवामा हाजिर भएका व्यक्ति र व्यक्तित्वहरूलाई भदौ ९ गतेसमेत नआइपुग्दै वामपन्थी एकताको मोह जागृत भएको देख्दा उदेक लाग्छ भनेका छन् ।
नेता थापाले दूरदर्शिताको कन्तबिजोग कि उपयोगिताको समाप्ति ? ऐनामा आफ्नै मुहार हेर्नु उपयुक्त होला भन्ने प्रश्नसहितको सल्लाहपनि दिएका छन् ।

नेता सुर्य थापाको स्टाटस् जस्ताको तस्तैः एक बर्षअघि आफ्नो पार्टी फुटाएर काङ्ग्रेसको सेवामा हाजिर भएका व्यक्ति र व्यक्तित्वहरूलाई भदौ ९ गतेसमेत नआइपुग्दै वामपन्थी एकताको मोह जागृत भएको देख्दा उदेक लाग्छ! शरम त मान्नु पार्टी फुटाएर काङ्ग्रेसको कित्तामा सामेल हुँदा केके भनिएको थियो ? धतुरो रोपेर अमृत फलाउने अपेक्षा गरिएको थियो भने त्यसको मूल्य वामपन्थी एकताको मुरली बजाएर चुक्ता हुन्छ र ? अझै थाहा हुँदै जानेछ कि काङ्ग्रेसी लात कहाँकहाँ खाएपछि चेत फिर्नेछ, महाशयहरूको ! दूरदर्शिताको कन्तबिजोग कि उपयोगिताको समाप्ति ? ऐनामा आफ्नै मुहार हेर्नु उपयुक्त होला।