समाचार

मतदानका लागि नाम छुट भएका वा नयाँका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने, के गर्नुपर्छ ?

२३ जेठ, काठमाडौं । निर्बाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भए पश्चात् २०७८ साल माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी २०७९ साल असार १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ । 

यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आप्mनो नाम दर्ता गराउन सक्नेछन् । यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।
पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आप्mनो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आपूm रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत संचालन हुने भएको छ ।
आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आप्mनो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा आयोगले हार्दिक आग्रह गरेको छ । आयोगले कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आप्mनो क्षेत्रबाट सहयोग गरिदिन समेत आयोग अपिल पनि गरेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त कुरा विज्ञप्तीमार्फत जनाएका छन् ।
मतदाता नामावलीमा नाम छुट भएकाले तत्काल फोटोसहितको मतदाता परिचयपत्रका लागि नजिकैको फेटो खिचाउने ठाउमा जान जरुरी छ ।