राजनीति

डा कोईरालाद्वारा घरजग्गा खरिद-बिक्रीमा लगाईएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग

३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले खरिद–बिक्रीमा लगाईएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
बिराटनगर विमानस्थल बिस्तार गर्न सरकारले दुई बर्षदेखी बिराटनगर–४ मा रहेको घरजग्गा खरिद–बिक्री तथा बैंकिङ् कारोबारमा रोक लगाएकोमा उनको आपत्ती छ ।
डा कोईरालाले अहिले सम्म स्थानीयले मुआब्जा पाएका छैनन् भन्दै कि त उनिहरुलाई तत्काल मुआब्जा दिन कि त कित्ताकाट, खरिद बिक्री खोल्न आग्रह गरेका हुन् ।

डा कोईरालाको ट्वीटः बिराटनगर विमानस्थल बिस्तार गर्न सरकारले दुई बर्षदेखी बिराटनगर–४ मा रहेको घरजग्गा खरिद–बिक्री तथा बैंकिङ् कारोबारमा रोक लगाएको छ। अहिले सम्म स्थानीयले मुआब्जा पाएका छैनन्।
कि त उनिहरुलाई तत्काल मुआब्जा दिन, होईन भने खरिद–बिक्रीमा लगाईएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु।