आर्थिक

मुक्तिनाथ विकास बैंक र पर्वातारोही शेर्पा बीच सम्झौता

१ असार, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।

शेर्पा एक सफल पर्वातारोही हुन् जसले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकोर्ड होल्डर पनि हुन् । एक कार्यक्रम बीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा शेपाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको , कर्जा सेवाको) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।