आर्थिक

महालक्ष्मी विकास बैंक र प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टर बिच सम्झौता


२ असार, काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि. बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस्ड ट्रर्भल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस्ड ट्रर्भल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गर्ने बैंक रहेको छ ।