आर्थिक

नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिंग बिच सम्झौता


२ असार, काठमाडौँ । नेपाल बैंक लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिनेछ ।

नेपाल बैंक लिमिटेडको रु.१ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने रु. दुई अर्ब ५० करोड रकम बराबरको “१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
काठमाण्डौें, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।