आर्थिक

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना

३ असार, काठमाण्डौ । माछापच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफुले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सकिनेछ ।
माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्युनतम रु. पचाँस हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशत सम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ ।

इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सकिनेछ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।