६ असार, काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नली केन्द्र (चिनी, थाइरोइड, इन्डोक्रिनोलजी र बहु विशेषता केन्द्र) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नली केन्द्र का अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरे । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहलाई नली केन्द्र बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु विकृति परीक्षण, रेडियोलजी परीक्षण, औषधी पसल, दन्त तथा नेत्र विज्ञान उत्पादकहरु मा १५ प्रतिशत सम्म छुट
प्राप्त हुनेछ । सोही अवसरमा नली केन्द्र बाट प्राप्त हुने विकृति को १८९ भन्दा बढी त्यसै गरी रेडियोलजी को ८१ भन्दा बढी दन्त को ३७ भन्दा बढी परीक्षण लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहक हरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नली केन्द्र सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।





