आर्थिक

जनरल इन्स्योरेन्सको ४औं दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

६ असार, काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले व्यवसाय संचालन गरेको ४औं दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।