राजनीति

मुल्य आकासिएका कारण हुनसक्ने मन्दीबाट बच्न सबै दलहरु एक ठाउँमा उभिऔंः उपसभापति गुरुगं

६ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले भुकम्पमा झैं आर्थिक संकट बिरुद्ध पनि सबै दल एक ठाउँमा उभिनै पर्छ र त्यसका लागि ढिला गर्न नहुने बताएका छन् ।
उनले मुलुकको अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गइरहेको टिप्पणीसहित चिन्ता ब्यक्त गर्दै महङ्गी आकाशीएको भनेका छन् ।
उनले ट्वीट गर्दै निकट भविष्यमा आउनसक्ने गम्भीर आर्थिक संकटको सामना गर्न सर्वदलीय छलफल आवश्यक भैसकेको उनले बताएका छन् ।

उपसभापति गुरुगंको ट्वीटः मुलुकको अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ। आर्थिक मन्दी डरलाग्दो स्थितिमा पुगेको छ। महङ्गी आकाशीएको छ।
निकट भविष्यमा आउनसक्ने गम्भीर आर्थिक संकटको सामना गर्न सर्वदलीय छलफल आवश्यक भैसकेको छ।
भुकम्पमा झैं आर्थिक संकट बिरुद्ध पनि सबै दल एक ठाउँमा उभिनै पर्छ।
ढिलो नगरौं।