आर्थिक

प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बीच आकर्षक छुट गर्ने सम्झौता

७ असार, काठमाण्डौ । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि.बीच,मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र मणिग्राम विश्राम वाटिका प्रा.लि.बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले मणिग्राम विश्राम वाटिका प्रा.लि.द्धारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । उक्त सम्झौता अन्तर्गत मणिग्राम विश्राम वाटिका प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी
भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिका प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हन सनेछ भन्ने बैंकले विश्वास लिएको छ ।