राजनीति

काम गर्न नसक्नेले पदमा टाँसिरहनु राजनीतिको विकृत रुप भएको उपसभापति गुरुङको तर्क

८ असार, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो हैन भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुन्छ भन्दै काम गर्न नसक्नेले पद ओगटेर बस्न नहुने बताएका छन् ।
उपसभापति गुरुङले किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताव दिन नसक्नेहरुले पदमा बसिरहनु राम्रो नहुने बताएका छन् ।
नेता गुरुङले तैपनि मन्त्री पदमा टाँसिरहने। जिम्मेवारी पुरा गर्न नसकेपछि राजिनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले काम गर्न नसक्दा पनि पदमा टाँसिरहने प्रबृति राजनीतिको विकृत रुप भन्दै सामाजिक सञ्जालमा भनेका छन्
राजनीतिको विकृत रुप!
किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताव दिन नसक्ने।
तैपनि मन्त्री पदमा टाँसिरहने। जिम्मेवारी पुरा गर्न नसकेपछि राजिनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?
लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो हैन।
जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुन्छ।