अन्तर्राष्ट्रिय

रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

९ असार, तेहरान । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा गएका थिए ।

उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ । त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्धिपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ ।