राजनीति

महँगीको मारबाट जनता बचाउन अतिरिक्त कर हटाएर पेट्रोलीय पदार्थको भाउ घटाउनुपर्छः बरिष्ठ नेता कोईराला

१० असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले करहरु हटाएर पनि पेट्रोलीयम पदार्थको मूल्यबृद्धि घटाउनुपर्ने माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय बजारमा मूल्यबृद्धि घटेको अवस्थामा भन्दा अगाडी बिभिन्न करहरु नलिई पेट्रोलको मूल्य घटाउन सकिने उनको तर्क छ ।
उनले मंहँगीको मारबाट जनता बचाउन अतिरिक्त कर हटाएर पेट्रोलीय पदार्थको भाउ घटाउनुपर्छ भन्ने विचार ब्यक्त गरेका छन् ।
डा कोईरालाले भनेका छन्, ‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु १०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघट्दा सम्म नलिने निर्णय गरोस।’
डा कोईरालाको स्टाटस्ः