आर्थिक

कामना सेवा को KS iMobile मा अब Nepal Pay QR उपलब्ध

१० असार, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत Nepal Pay QR लाई आफ्नो मोबाईल बैंकिङ्गमा एकीकृत गरिएको छ ।
बैंकले बिहीबारबाट Nepal Pay QR को Merchant हरुलाई KS iMobile को QR Scanner बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग Update गरेको छ ।
यससँगै कामना सेवा विकास बैंक, NEPAL PAY QR मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध QR Payment प्रयोग गरी Nepal Pay QR का Merchant हरुलाई रकम भुक्तानी गर्न सक्नेछ ।