अन्तर्राष्ट्रिय

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

१३ असार, रियाद । साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।

दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा उनीहरुले आइतबार छलफल गरेको अधिकारीहरुले जनाएका छन् । साउदी अरबको भ्रमणमा रहेका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहेका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गरेको जनाइएको छ ।

उनीहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गरेको दुवै देशका अधिकारीहरुले बताएका छन् । त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायीत्वका बारेमा दुवै जनाले विचार आदान प्रदान गरेका थिए ।

इराकी प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आएका हुन् । आइतबार नै साउदी अरबको भ्रमण सकेर उनी इरान गएका छन् ।