समाचार

वामदेवले गरे नयाँ दल घोषणा


१४ असार, काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्।
गौतमले मंगलबार भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट कार्यक्रमको आयोजना गरी ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामको राजनीतिक दल घोषणा गरेका हुन्।
पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन्। आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ। पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनस्गठन गर्नु रहेको छ।
गौतमले नेकपा विभाजित भएपछि छुट्टै अभियान चलाउदैँ आएका थिए ।