स्वास्थ्य

काठमाडौँ महानगर –७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१५ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं.–७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नंं. ७ र सामुदायिक सेवा समाज मैजुबहालको संयुक्त आयोजनामा र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलको प्राविधिक सहयोगमा सहीद स्मृति सामुदायिक भवन, मैजुबहाल परिसरमा स्थानीय विभिन्न संघसंस्थाहरूको सहभागितामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार र दन्त सेवा सेवा प्रदान गरिएको थियो । साथै चिकित्सकको सिफारिसमा इसीजी सेवा, भिडियो एक्सरे सेवा र ल्याव टेष्ट तथा औषधि विवरण समेत गरिएको थियो ।
वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शिविरको संयोजन कमल क्षेत्रीले गरेका थिए । शिविरमा स्थानीय संस्थाहरू ॐ आदि फाउण्डेसन, कुमारीगालका शेषराज दाहाल, नवजागरुक युवा क्लब गौरीनगरका अमृतजंग थापा, श्रम राष्ट्रिय मा.वि.कुमारीगालका प्रधानाध्यापक नारायणप्रसाद नेपाल, सेन्ट लरेन्स कलेज चाबहिलका प्राचार्य केशव दंगाल, वल्र्ड लिंङ्क शाखा कार्यालय चुच्चेपाटीका शाखा प्रमुख विनायक आचार्य, एस.के. बुक सेन्टर, कुमारीगालका कल्पना अधिकारी जापानी सूचना केन्द्र नेपाल गौरीनगरका अध्यक्ष मदनकृष्ण सिलवाल, मैजुबहाल सेवा समाज मैजुबहालका अध्यक्ष रमेश ढकाल, बैंक अफ काठमाण्डु चाबहिलका शाखा प्रमुख सुष्मा शाह (राना), गौरीनगर सुधार समिति गौरीनगरका अध्यक्ष कमलप्रसाद काफ्ले, उमाकुण्ड टोल सुधार समिति गौरीनगरका अध्यक्ष विमलप्रसाद भट्टराई, कुमारीगाल टोल सुधार समाज कुमारीगालका अध्यक्ष रेनु गिरी, मैजुबहाल कल्याणकारी गुठी मैजुबहालका अध्यक्ष हरिभक्त महर्जन, मैजुबहाल फाँट उपभोक्ता समिति मैजुबहालका अध्यक्ष हेमबहादुर बुढाथोकी, मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाज मैजुबहालका अध्यक्ष नारायणप्रसाद सिंखडा, बंगलामुखी मंन्दिर संरक्षण तथा ब्यवस्थापन समाज मैजुबहालका उपाध्यक्ष दिलिप आचार्य, चारुमति मित्र समूह, मित्रपार्कका अध्यक्ष दीपेश केसी र श्रद्घा क्याटरिङ्ग एण्ड रेण्टल सर्भिस सोमनाथ दाहाल कुमारीगाल–७ काठमाडौँ लगायतले सहयोग पु¥याएका थिए ।
स्थानीय जेष्ठ नागरिक लक्षित सो शिविर बिहान ९ बजेदेखि शुभारम्भ भई साँझ ५ः०० बजे समापन भएको थियो । सो शिविरबाट करीब ६६४ जना लाभान्वित भएको सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्यालले बताए । जसमध्ये नाक, कान घाँटीतर्फ ४३, बालबालिकातर्फ २००, आँखातर्फ २००, हाडजोर्नी तथा नशातर्फ १००, दाँततर्फ ६५ जना, चर्मतर्फ १७ जना, सर्जरी १२ जना, स्त्री तथा प्रसूतीतर्फ ४५ जना, सामान्य चिकित्सातर्फ १०७ जना, अल्ट्रासाउण्ड १६८ जना, इसीजीतर्फ ९१ जना, ल्याप परीक्षणतर्फ १२१ जनाले सेवा लिएको अध्यक्ष अर्यालले बताए ।