राजनीति

बर्षा पीडीतको उद्दार/राहत कार्यमा तत्काल खटिन डा कोईरालाको तीनै तहका सरकार र पार्टी कार्यकर्तालाई आग्रह

१५ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले बाढीपीडीतको तत्काल उद्धार र राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग माग गरेका छन् ।
बरिष्ठ नेता डा कोईरालाले सामाजिक सञ्जालमा लेख्दै उद्धारमा जुटन कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह गर्दछु भनेका छन् ।
डा कोईरालाले अबिरल बर्षाका कारण मोरङ, झापा, रौतहट, रुपन्देही, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरुमा जनधनको क्षति भएको छ, जनजीवन अस्तव्यस्त भन्दै उक्त आग्रह गरेका हुन् ।
केही दिनदेखी मोरङ, सुनसरी, झापालगायत देशभरका बिभिन्न स्थानमा बाढीका कारण स्थानीयहरु पीडित बनेको अवस्थामा डा कोईराला चिन्तित बनेका छन् । यसभन्दा अघिका बाढीहरुमा डा कोईराला आफैं बाढीपीडितका पीँडामा खटिएर हिँडेका थिए ।

उनको स्टाटस्: अबिरल बर्षाका कारण मोरङ, झापा, रौतहट, रुपन्देही, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरुमा जनधनको क्षति भएको छ, जनजीवन अस्तव्यस्त छ।
ति स्थानहरुमा तत्काल उद्धार र राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्दछु। र उद्धारमा जुटन कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह गर्दछु।