आर्थिक

सानिमा बैंक अब काठमाण्डौको नेपालटारमा

१७ असार, काठमाण्डौ । सानिमा बैंक लिमिटेडले तारकेश्वर नागरपालिका वडा नं. ११ नेपालटारमा आज बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखाको समुद्घाटन व्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे । समुद्घाटन समारोहमा व्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सवल अनि विश्वासनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावको लागि कृतज्ञात व्यक्त गरे ।


सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यलय र ११८ वटा ए.टि.एम्. सञ्चालनमा रहेका छन् ।